बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

बाँके । कोहलपुरबाट ठूलो परिमाणमा लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुर नगरपालिका–१२ बस्ने बर्ष ३० को मुन्ना भन्ने जगत केसीलाई विशेष सुराकीले दिएको सुचनाको आधारमा पक्राउ गरिएको ब्यूरोको टोलीले जानकारी दिएको छ ।


उनको साथबाट ब्राउनसुगर ८२ ग्राम र डिजिटल तराजु थान १ समेत बरामद गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको ब्यूरोले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया