सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । आगामी बैशाख ४ गते हुने नयाँ नेतृत्वको लागि तत्कालिन संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गराएका हुन ।
निर्वाचन कार्यतालिकाअनुसार आज दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन् । कँडेलको संयुक्त व्यवासायी प्यानलको वरिष्ठ उपाध्याक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।
कंडेलको टिमबाट सदस्यहरुमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल –विन्द्र जैशी, बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, विर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र वि।क।ले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, वृहत लोकतान्त्रिक साझा समूह बनाएर चुनावी मैदानमा उत्रिएका खड्काको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी राजु, उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसी बमु ले उम्मेद्वारी दर्ता गराएका छन् ।
सदस्यहरुमा भने पूर्णबहादुर पाण्डे, नवराज गौतम, खड्कबहादुर शाही, बुद्ध तामाङ, मदनबहादुर खड्का, प्रेम शर्मा, प्रेमबहादुर भण्डारी, सन्तोष बराइली, पोषण खरेल, अजय गुरुङ, भुवन ज्ञवाली, लक्ष्मण देवकोटा, जनक थापा, महिला सदस्यहरुमा कृति शाक्य र लक्ष्मी कार्कीले उम्मेद्वारी दर्ता गराएका छन ।
निर्वाचन समितिकाअनुसार मंगलबार विहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म उम्मेद्वारी उपर दाबि विरोध र फिर्ता, सोही दिन अपरान्ह ६ बजे दावी विरोध उपर निर्णय र उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र सोही दिन १२ बजेपछि मौन अवधि तोकिएको भण्डारीले बताए । उनकाअनुसार मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।


दर्शन खबर । २८ चैत्र २०७८, सोमबार