सुर्खेत । खेलकुदका माध्ययमबाट कर्णालीको पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यका साथ कर्णालीका प्रवाशी युवाहरुले जापानमा प्रथम ‘रारा गोल्डकप फुटसल प्रतियोगीता आयोजना गर्ने भएका छन ।
कर्णाली जन्म थलोभई जापानलाई कर्म थलो बनाएका कर्णालीका युवाहरूको सामुहिक प्रयासमा प्रतियोगीता सञ्चालन हुने भएको हो । स्थापनाकालदेखि नैे सामाजिक कार्यमा संलग्न हुँदै आएको युवाहरुको संगठन कर्णाली प्रदेश समाज जापानले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।
प्राकृतिक सम्पदाको यथोचित प्रचार–प्रसार गरी समग्र कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने मुलभूत उद्देश्यका साथ प्रतियोगीतको आयोजना हुन लागेको समाजका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । शाहीले भने, ‘भौगोलिक हिसाबले ठुलो र विकट रहेको कर्णाली प्राकृतिक सम्पदाले भरिपूर्ण छ, तर प्रचार प्रसारको अभावले अझैपनि विकासमा पछाडि परेको छ । कर्णालीलाई खेलकुदका माध्ययमबाट विश्वमाझ चिनाउँने उद्देश्यले नै प्रतियोगीताको आयोजना गरेका हौं ।’
कर्णालीलाई चिनाउँने गरी गर्न लागिएको खेलले कर्णालीलाई विश्वमाझ लैजाने भन्दै आफूहरुको सानो प्रयासलाई सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आफ्नो स्थानबाट कर्णालीको प्रचारका लागि सक्दो सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहीले बताए ।
प्रतियोगीताले कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रचार–प्रसारमा मद्दत पुग्ने शाहीको विश्वास छ । प्रतियोगीता टोकियो हाचिओजिस्थित फुटसल मैदानमा आगामी मे १ अर्थात २०७९ बैशाख १८ गते आइतबारका दिन प्रथम ‘रारा गोल्डकप फुटसल’ प्रतियोगीता हुनेछ ।
प्रतियोगीतामा प्रथम स्थान हाँसिल गर्ने टिमले जापनिज तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँ हात पार्ने छ । यस्तै, प्रतियोगिताको दोस्रो स्थान हाँसिल गर्ने टिमले एकलाख पचपन्न हजार पाँचसय ५५ रुपैयाँ पाउँने छन । प्रतियोगीतामा तेस्रो स्थान हाँसिल गर्ने टिमलाई ट्रफि तथा मेडलले सम्मान गरिने आयोजकले जनाएको छ ।


दर्शन खबर । २८ चैत्र २०७८, सोमबार