नेपालगञ्जमा कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु

बाँके । कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो।

कारको ठक्करबाट एक महिला र दुई बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ३०१ २३ च ८४८१ नम्करको कारको ठक्करबाट करिब ६० वर्षीया एक महिला र ५ वर्षका दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। मृत्यु हुनेहरूको पहिचान खुलेको छैन।

पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए। कार चालक प्रहरी नियन्त्रणमा छन्।

ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे थि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


तपाईको प्रतिक्रिया