दाङ – दाङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घोराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री केसीले घोराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयो ।
उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो ।
मुख्यमन्त्री केसीले घोराही उपमहानगरपालिकाले स्थानीय सरकारले गरेका काममा प्रदेशमै चर्चा कमाएको भन्दै बालमैत्री पालिका घोषणा गरेर आफूलाई अब्बल सावित गरेको बताउनुभयो । कार्यक्रममा उपमहानगरका मेयर नरुलाल चौधरीले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताउनुभयो ।


दर्शन खबर । २३ चैत्र २०७८, बुधबार