सुर्खेत । स्थानीय तहको निर्वाचनको माहोल तातियसंगै पालिका स्तरमा पनी चुनावी सरगर्मी बढेको छ । सुर्खेतको भेरीगंगा नगरपालीकामा पनी आगामी निर्वाचनमा यहाँको सत्ता कसले हात पार्ने भन्ने विषयका चर्चा हुन थालेको छ । २०७४ सालको स्थानिय तहको जस्तो सहज देखीदैन २०७९ सालको निर्वाचन । विभिन्न पार्टिका विभिन्न व्यक्तीहरु चुनावी मैदानमा जान अग्रसर देखीन्छन । यस भन्दा अगाडीको निर्वाचनमा उप प्रमुख तथा उपाध्यक्ष पद महिलाहरुका लागी मात्रै भएको जस्तो देखीएता पनी अहिलेको निर्वाचनमा महिलाहरुले प्रमुखको दावी गरीरहेका छन् ।
यसै अनुरुप भेरीगंगा नगरपालिकामा पनी नगर प्रमुखको दावी गरीरहेकी छन्, अहिलेकी उपप्रमुख रहेकी रेणु आचार्य ढकालले, उनी भन्छीन “नगरपालिकाको नगर प्रमुखमा मेरो उमेद्धारी रहन्छ, किन भने मैले ५ वर्ष सम्म उपप्रमुख भएर काम गरीसकेकी छु,” ।
भेरीगंगाको पुर्वाधार विकासमा फड्को मार्न अहम भुमिका खेलेकी आचार्यले पार्टीले महिला नेत्तृत्वलाई पनी मध्यनजर गरी स्थानिय सरकारको बागडोर सम्हाल्न दिनु पर्ने बताईन् ।
महिलाहरूसँग घरको काम मात्रै नभए राज्यसत्ताको बागडोर चलाउने सक्ने इमानदारीता र क्षमता छ । उपाध्यक्ष र उप–मेयर मात्रै नभएर महिलाहरु सँग स्थानीय सरकारको प्रमुख भएर जनमुखी शासन विकास समृद्धि सुशासन दिन सक्ने कुशलता पनि छ । समग्र भेरीगंगा नगरपालिकाकोे विकास समृद्धिको सपना पूरा गर्न र मैले गरेका कामहरुको पुर्णताको लागि बाँकी काम पूरा गर्नका लागी पनि यसपटक नगर प्रमुखमा दावी गरेको आचार्यले बताईन् ।
पालिकामा रहने न्यायिक समितिकै कारण अहिले ग्रामिण क्षेत्रमा विवादको विषय बन्दै आएको र अदालतमै मुद्दा मामिलाको विषय बनेको साँधसीमा, घरायसी झगडा, सम्बन्धबिच्छेद, जेष्ठ नागरिकको पालनपोषण, चरनजस्ता कतिपय कुराहरु मिलापत्रमा टुंगिन थालेका छन् । यो महिला नेतृत्वमा भएको कामको सफलता मान्नु पर्छ । जुन काम महिलाको धैर्यशील प्राकृतिक स्वभावको परिणाम पनि हो ।

विकास निर्माणका कामको अनुगमनको जिम्मेवारी उपप्रमुखको रुपमा महिलाले प्राप्त गर्दा त्यसको नतिजा समेत राम्रो देखिन थालेको लाभान्वित नागरिकहरुले नै भन्न थालेका छन् ।

दर्शन खबर । २४ चैत्र २०७८, बिहीबार