सुर्खेत । यहाँको गुर्भाकोट नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीमा प्रविष्ट भएका स्थानीय तहमध्ये उत्कृष्ठ तीनमा परेको छ । मन्त्रालयले सार्वजनिक गरेको ०७७र७८ को स्वमूल्यांकन रिपोर्टअनुसार सुर्खेतको गुर्भाकोट नगरपालिका तेस्रो स्थानमा परेको हो । यो नगरपालिकाले ९३.२५ अंक पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) प्रणालीमा प्रविष्ट भएका ६ सय ९९ तहमध्ये एक सय ८७ ले ५० सम्ममात्रै अंक पाएका छन् । मन्त्रालयले जारी गरेको‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंवाट गराउने गरिन्छ । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषय क्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीयतह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।
स्थानीय तहले आफैँ गरेको मूल्यांकनको गुणस्तर परीक्षण गर्ने व्यवस्था पनि छ । स्थानीय तहले गरेको स्वमूल्यांकन नतिजाको गुणस्तर सुनिश्चितता परीक्षणका लागि समन्त्रालय आफैँ, सम्बन्धित जिल्ला समन्वय समिति वा तेस्रो पक्षलाई जिम्मेवारी दिए गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
९० भन्दा बढी अंक पाउने स्थानीय तह
नीलकण्ठन गरपालिका, धादिङ – ९७
वालिङ नगरपालिका, स्याङ्जा– ९५
गुर्भाकोट नगरपालिका, सुर्खेत – ९३.२५
फेदीखोला गाउँपालिका, स्याङ्जा – ९२.७५
खैरहनी नगरपालिका, चितवन– ९१.७५
म्याग्दे गाउँपालिका, तनहुँ – ९१.५
ज्वालामुखी गाउँपालिका, धादिङ – ९०.७५


दर्शन खबर । २३ चैत्र २०७८, बुधबार