मोदीलाई देउवाले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् ।

‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु’ प्रधानमन्त्री देउवाले भने ।

हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका थिए । त्यसपछि उनले विभिन्न समयमा तीन पटक भ्रमण गरिसकेका छन् ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने छन् । देउवाको भारत भ्रमणको क्रममा दुई प्रधानमन्त्रीबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया