सुर्खेतको वीरेन्द्रनगरको ५ नम्बर वडा पूर्ण सरसफाइ वडा घोषणा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ नम्बर वडालाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको छ । शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वीरेन्द्रनगर नगरपालिका–५ लाई पूर्ण सरसफाइ तथा स्वच्छ वडा भएको घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरसफाइले नै सभ्यताको परिचय दिए बताए । उनले भने, ‘जसरी कर्णाली प्रदेशको नाम र राजधानीको नामाकरण गर्न पहिलो भयौं, त्यसरी नै कर्णाली प्रदेशलाई सरसफाइ र स्वच्छताको प्रदेश बनाउन प्रदेश सरकार प्रतिवद्धताका साथ अगाडी बढिरहेको छ ।’

उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल लगायत अन्य जनप्रतिनिधिको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया