अस्पतालमा बिरामी मृत्यु प्रकरण कैलालीमा सडक सञ्चालनमा आयो

कैलाली– कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक जना बिरामीको ज्यान गएपछि बन्द गरिएको सडक सञ्चालनमा आएको छ ।

 

अस्पतालमा उपचाररत गोदावरी नगरपालिका ३ का ३८ वर्षीय विनोदकुमार बोहराको ज्यान गएपछि अत्तरियामा सडक बन्द गरिएको थियो । केहीबेरअघि भने अवरोध हटेर गाडी सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

अहिले आक्रोशित आफन्त र अस्पतालबीच सहमतिको प्रयास भइरहेको बताइएको छ । डाक्टरको लापर्बाहीका कारण ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले आज बिहान अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका थिए ।

ढुङ्गामुढा प्रहारबाट अस्पताल बाहिरका सिसा फुटेका छन् । आक्रोशित भिड तितरबितर गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

तपाईको प्रतिक्रिया