कर्णालीमा स्रोतको केन्द्रिकरण आवश्यक छ – मन्त्री विष्ट


सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीमा स्रोतको केन्द्रिकरण आवश्यक रहेको बताउनु भएको छ ।  आर्थिक सर्वेक्षण २०७८–७९ को तयारी सम्विन्धि प्रदेश स्तरिय अन्तरिक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले आगामी दिनमा प्रदेश सरकार मार्फत आर्थिक सर्वेक्षणको डाटा संघमा पठाईने बताउनुभयो ।
हाल वास्तविक आर्थिक सर्वेक्षण र स्रोत परिचालन नहुदा समस्या भएको भन्दै मन्त्री विष्टले अव प्रदेश सरकारले समयमै तथ्याङ्क पठाउने र संघिय सरकारले त्यसमा स्रोत समेत परिचालन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री विष्टले सर्वेक्षणकै जगमा योजना निर्माण गरेर अघि वढ्न संघिय अर्थ मन्त्रालयसंग अनुरोध समेत गर्नुभएको छ ।

 

प्रदेश सरकार नयाँ बजेट निर्माणको तयारीमा रहेको उल्लेख गर्दै वास्तविक आर्थिक सर्वेक्षण अनुरुपको स्रोत व्यवस्थापन नै प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकार आर्थिक मामीला तथा योजना मन्त्रालयका सचिव झक्क प्रसाद आचार्यले गत वर्ष कर्णालीमा अन्य भन्दा कोभिड महामारीर र विपत लगायतकाका क्षेत्रमा आर्थिक स्रोत परिचालन भएको बताउनुभयो ।
हाल सम्म आर्थिक सर्वेक्षणको आधिकारीक तथ्याङ नराखिदा सा्रेत परिचालनमा समस्या उत्पन्न हुने गरेको बताउदै आगामी दिनमा आधिकारीक तथ्याङक आवश्यक रहेको सचिव आचार्यको भनाई छ ।
यस्तै कार्यक्रममा संघिय अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि पुुस्करले संघिय सरकारले कर्णालीलाई संवेदनशिलताका साथ हेरेको बताउनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा कर्णाली संवेदनशिल रहेको भन्दै यहाँ वास्तविक लगानी आवश्यक रहेको बताउनुभयो । संघिय सरकारले कर्णालीको आर्थिक सर्वेक्षणको आधिकारीक तथ्याङ्कको आधारमा लगानी केन्द्रीत गर्ने उहाँको भनाई छ ।
कर्णालीमा काम गर्ने कर्मचारीलाई समेत आर्थिक सर्वेक्षणलाई संवेदनशिलताका साथ संघमा पठाउन समेत सचिव पुस्करले आग्रह गर्नुभयो । आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्ने संघिय सरकारको योजना रहेको समते उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया