
सुर्खेत । मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने धुलियाविट भेडाबारीको सडक निर्माणको काम सुरु भएपनी रुख कटान नहाँदा समस्या भएको छ । सडक निर्माणको क्रममा रुख कटान गर्नुपर्ने भएपछि यो सडक समयमै नबन्ने संकेत समेत देखिएको छ ।
२०७८ असार २८ गते निर्माण सम्झौता गरिएको राजमार्गको ढिलागरी शुरु भएपनी काम गर्ने क्रममा रुख कटान समयमै नहुँदा प्रभावित भएको छ । धुलियाविट–भेडावरी–वोटेचौरसम्मको दुरी ३५ किलोमिटर छ । रुख नभएका क्षेत्रहरुमा कल्भर्ट, नाली, पर्खाल लगायतको काम भइरहेको छ । रुख भएका क्षेत्रको काम अझै शुरु भएको छैन् ।
सडक क्षेत्रमा टाँचा लगाएका एक हजार चार सय बढी रुखहरु कटानमा वन कार्यालय उदासिन छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले सडकमा पर्ने रुखहरु कटान गर्न ताकेता गरिरहेको छ । यता डिभिजन बन कार्यालय सुर्खेतका प्रमुख मुन बहादुर रावतले रुख कटान आदेशका लागी विभागमा पत्राचार गरिएको आदेश नआउँदा रुख कटान गर्न नसकीएको बताउनुभयो । सडक निर्माणका लागी आईई रिपोर्टनै फरक परेको हुदाँ रख कटान गर्न समस्या भएकको रावतले बताउनुभयो । वन क्षेत्रमा करीव १ हजार ४ सय वटा रुख परेको र विभागबाट रुख कटान आदेश आउनासाथ रुख कटान सुरु गर्ने रावतले बताउनुभयो ।
मन्त्रीपरिषद्को निर्णयबाटनै रुख कटानको अनुमति लिनु पर्ने भएकाले ३० महिनामै नसकिने संकेत देखिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सवडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सकिएको लामिछानेले बताउनुभयो ।
रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालयहुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिने प्रक्रिया नटुङ्गीयपछी निर्धारित समयमा सडक कालोपत्रे हुन नसक्ने देखीएको हो ।
सडक विस्तारको क्रममा विद्युतका पोल, ट्रान्सफर्मरलगायत संरचना पनि समयमै नसार्दा काम प्रभावित भइरहेको छ ।
सडकको पूर्वी खण्डमा १२ ओटा पुल निर्माणका लागि सम्झौता गरिसकिएको छ । सडक निर्माणको जिम्मा कालिका, केएस भेरासी जेभीले लिएको छ । सडकको कुल लागत एक अर्ब तीन करोड छ । निर्माण व्यवसायीले स्थानीय क्रसरबाट सामग्री प्रयाप्त रुपमा उपलव्ध नहुने भएपछि आफै क्रसर राख्नु पर्ने माग गरेको जनाईएको छ ।
राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाएर सात मिटर सडक कालोपत्रे हुनेछ ।


दर्शन खबर । १९ चैत्र २०७८, शनिबार