
सुर्खेत । संस्थापनइतर पक्षल पक्षले गठबन्धनका विरुद्ध गठबन्धन गर्ने भएको छ । स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेपछीे नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ ।
सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु नारायण कोइराला लगायतको टोलीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षले कम्तिमा चार पालिकाको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ तर पाँच दलीय गठबन्धन हुँदा काँग्रेसलाई हानि हुने भन्दै उक्त समूहले फरक रणनीति बनाउन थालेको हो ।
सकेसम्म कम्युनिष्टहरुसँग गठबन्धन गरेर जान नहुने त्यसले काँग्रेसलाई नै नोक्सान हुने निवर्तमान सभापति रेग्मीले बतायनुभयो ।
सकेसम्म गठबन्धनका पक्षमा केन्द्रको निर्णय नहोस् भनेर हामीले खबरदारी गर्दै आइरहेको रेग्मीले बताउनुभयो ।
उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने दलले अन्य कम्युनिष्ट दलसँग गठबन्धन गर्दा त्यसको स्थानीयस्तरमा गलत सन्देश जाने बताउनुभयो ।
यता काँग्रेसका प्रदेश सभापति ललितजंग शाही भने पार्टी केन्द्रको निर्णय सबैले मान्नुपर्नेमा जोड दिदैँ पार्टीका आन्तरिक समस्या समाधान गरेर पार्टी केन्द्रको निर्णयअनुसार गठबन्धन बनेको खण्डमा हामी सबै त्यसलाई स्वीकार गरेर अघि बताउनुभयो ।


दर्शन खबर । १९ चैत्र २०७८, शनिबार