
सुर्खेत । कर्णाली प्रदेशका पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठकले स्थानीय चुनाव कन्द्रीत रहेर छलफल भएको छ । शुक्रबार नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले स्थानीय निर्वाचन सम्बन्धि छलफल गरेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीकी अध्यक्ष विमला केसी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जनता समाजवादीका देवीकृष्ण न्यौपाने सहभागी भएका थिए ।
पहिलो बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीत भएर अगाडी बढ्ने लगायतका विषयमा छलफल गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले औपचारिक रुपमा गठबन्धनको विषयमा टुङ्गो लगाएपछि कर्णालीमा पाँच दलीय गठबन्धन संयन्त्रको पहिलो बैठक बसेको हो । अब दोस्रो बैठक भोली अपरान्ह ३ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बस्ने समेत निर्णय भएको कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले जानकारी दिए


दर्शन खबर । १९ चैत्र २०७८, शनिबार