
सुर्खेत । कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
आज विहान रत्न राजमार्गको चिसापनी–बबइ खण्डको बाँसगढी नगरपालिका–१ बर्दियाको उन्नती खोलामा लु २ ख ८८३ नम्बरको ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिनुभयो । उहाँ काअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका–१ नुवाकोटका ३६ वर्षीय सोम तामाङ रहनु भएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ओमसतिया गाउँपालिका–५ रूपन्देहीका २२ वर्षीय अनिल हरिजन घाईते भएको र उहाँको छ ।


दर्शन खबर । १४ चैत्र २०७८, सोमबार