वर्षाैँपछि डाेटीकाे काैराडीमा बिजुली पुग्याे

डोटी । डोटीको सबैभन्दा दुर्गम मानिने सायल गाउँपालिका–१ छपाली काैराडीमा वर्षाैँपछि बिजुली बत्ती पुगेको छ ।

यस वडा वर्षाैँदेखि अन्धकार भएका कारण स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारको सहयोगमा ३३ केभीए प्रसारण लाइनको विद्युत् सेवा पुगेको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ । गाउँमा विद्युत् विस्तार भएसँगै त्यहाँका नागरिकहरुको कामकाजमा पनि निकै सहज बन्ने भएको छ ।

डोटीको पश्चिमी क्षेत्रमा रहेका स्थानीय तहमा विद्युत् विस्तारका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको सहयोग तथा सहकार्यमा आदर्श गाउँपालिकामा रहेकाे मौवानगर दहमा ३३ केभीए विद्युत् प्रसारण तथा वितरण केन्द्र स्थापना भएपछि अहिले यहाँका दुर्गम वडाहरुमा विद्युत् विस्तारको काम सुरु भएको मौवा विद्युत् सबस्टेसन कार्यालयका प्रमुख टेकबहादुर खड्काले बताउनुभयो ।


तपाईको प्रतिक्रिया