भेरीगंगा ७ मा राष्ट्रिय युवा संघ गठन


भेरीगंगा । राष्ट्रीय युवा संघ भेरीगंगाले स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै चुनावी अभियान लाई तिब्रता दिएको छ । आईतवार वडा नम्वर ७ मा धनिराम बस्यालको अध्यक्षतामा ३६ सदस्यीय राष्ट्रीय युवा संघ गठन गरेको छ । नेकपा एमालेका नेता तथा पुर्व प्रदेश सभा सदस्य ठम्मर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको राष्ट्रीय युवा संघ सुर्खेतका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ देबराज वलीले जानकारी दिए । साथै मिना घर्तिको अध्यक्षतामा २१ जनाको अखिल नेपाल महिला संघको पनि गठन गरिएको छ ।

यस्तै युवा संघ भेरीगंगाले अहिले टोल टोल तथा वडा वडामा भेलाहरु गर्ने र प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिने गरेको जिल्ल कमीटी सदस्य वलिले जानकारी दिए ।
कार्यक्रममा जिल्ला कमीटी सदस्य अम्मर विक, युवा संघ नेपालका जिल्ला उपाध्यक्ष  बिक्रम विक, युवा संग भेरीगंगाका संयोजक रमेश प्रसाद  शर्मा, राष्ट्रीय खेलकुद महासंका केन्द्रीय सदस्य प्रमोद वली लगाएत करीब साठी जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया