रामघाटका किसानलाई कृषी जन्य सामाग्री वितरण


सुर्खेत । भेरीगंगा नगरपालीका ११ रामघाटका किसानहरुको आम्दानीमा वृद्धी हुन थालेपछी कृषकहरु लाभान्वीत भएका छन् । कारीतास नेपालको साफबिन परियोजनाले रामघाटका किसानहरुलाई विभिन्न समुह बनाई तालीम दिने, मल बिउबिजन सहयोग गर्ने तथा कृषी पेशामा आवश्यक पर्ने सामाग्री सहयोग र परामर्श दिन थालेपछि साना किसानहरु लाभान्वित भएका हुन ।
साफबिन परियोजनाले विभिन्न प्रकारका तरकारीका जातहरुमा परिक्षण गराई नतिजाको आधारमा राम्रा उत्पादन दिन सक्ने स्थानिय स्तरमै विउविजन उत्पादन गर्न सक्षम बनाउने लगायतका कृषि उत्पादन मार्फत आयआर्जनमा समेत टेवा पुर्याउने उदेश्यका साथ कार्यक्रम संञ्चालन गर्दै आएको जुनियर कार्यक्रम अधिकृत लक्ष्मी आचार्यले बताउनुभयो ।

कृषक आफलै उत्पादन गरेर हरिया सागपात खान पाएको आफुहरु बाट अरुले पनि केही कुरा सिकेको र आफुहरुलाई अहिलेसम्म २ वटा संस्थाले मात्र सहयोग गरेको सुन्दर बगैचा कृषक अनुसन्धान समुहकी अध्यक्ष नबिना बिकले आफनो अनुभव सुनाउनुभयो । त्यस्तै आफुलाई धरै कुरामा ज्ञान नभएकोमा परियोजनाले कार्यक्रमले धेरै सहयोग गरेको हुदा साफबिन परियोजनालाई धरै धन्यवाद समेत व्यक्त गर्नुभयो ।
अर्को लालीगुरास कृषक अनुसन्धान समुहकी अध्यक्ष देउकला विकले हामीलाई सिमेन्ट , बालुवा विभिन्न तरकारीहरुको अनुसन्धान गरेको यसको लागि धन्यवाद र यो प्रभावकारी कार्यक्रम भएकाले बताउनुभयो ।
वडा नम्वर ११ का वडा अध्यक्ष तिलक राम डाङ्गील परियोजनाले दिएको समान व्यवस्थित र हिफाजत रूपमा प्रयोग गर्न किसानहरुलाई सुझाव दिनुभयो । साविक रामघाट गावीसको वडा नम्वर को १,४,३ मा सम्पूणर् काम गर्ने गरी प्राथमिकता दिएको वडा अध्यक्ष डाङ्गीले बताउनु भयो । अनुगमनका क्रममा किसानहरुलाई चाँप कटहर , पावर स्प्रे , प्वार तेल मोटर, पाइप स्टोपालाइजर, भोल्टर मेसिन, सिमेन्ट वालुवा टर्नेल ,च्याउ को बीउहरू लगाएतका सामाग्रीहरु वितरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया