सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ८ गन्नेपानीबाट अवैध सालको काठ सहित ३ जना पक्राउ परेका छन् । शनीबार राती करीव १ बजेको समयमा लेकवेशी नगरपालिका वडा नम्वर ८ देखी विरेन्द्रनगर आउदै गरेको भे.१.ख २७७९ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याईएको ७८ दशमलव ९ क्युफिट सालको चिरान काठ बरामद गरीएको बन डिभिजन कार्यालय सुर्खेतका सुचना अधिकारी सुर्य प्रशाद शर्माले जानकारी दिनुभयो ।
बिरेन्द्रनगर तर्फ काठ लोड गरी अबैध रुपमा ओसार पसार गरीरहेको भन्ने स्थानियहरु बाट गोप्य रुपमा सुचनाको आधारमा कार्यालयमा खटीएको टालीले काठ सहित .लेकवेशी नगरपालिका वडा नम्वर ८ का श्याम चपाँई, नारायण नगरपालिका वडा नम्वर १ को याम बहादुर तारामी र बाजुरा जिल्ला बडीमालिका गाउँपालिका वडा नम्वर ६ का डम्मर बडुवाल लाई पक्राउ गरीएको हो ।
लेकवेशीबाट अवैध सालको काठ सहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
दर्शन खबर । १३ चैत्र २०७८, आईतवार