लेकवेशी तरुण दलको अध्यक्षमा गुरुङ्ग


सुर्खेत ।
नेपाल तरूण दल लेकवेशी नगरपालिकाको अध्यक्षमा लोकेन्द्र गुरुङ्ग चयन भएका छन । सोमबार लेकवेशीमा भएको तरुण दलको नगर सम्मेलबाट गुरुङ्गको अध्यक्षतामा तदर्थ नगर कार्यसमित गठन गरिएको हो ।
यस्तै उपाध्यक्षमा नन्दबहादुर बादी, गोविन्द बहादुर फौजा, सचिबमा चन्द्र प्रकाश खनाल, नारायण ढकाल, कोषाध्यक्षमा टेकबहादुर वि.क. र सह–सचिवमा मानबहादुर रावत, विनोद ढकाल चयन भएका छन ।
यस्तै सदस्यहरुमा विनोद राना, मोहन पुलामी, दिपक सिंजाली, रत्नबहादुर सिंजाली, विरबल खरु, तीर्थराज पंगाली, राकेश हमाल लगायतका अन्य व्यक्तिहरु चयन भएका छन ।
कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति उमेश कुमार पौडेल, कर्णाली प्रदेश सदस्य खगिसरा आचार्य, जिल्ला कार्य समिति सदस्य टेकबहादुर गुरुङ्ग, प्रदेश सभा क्षेत्र नं १  प्रदेश (ख) का क्षेत्रीय कार्यसमिति सभापति भुपेन्द्र बहादुर सुवेदी, उप–सभापति प्रतिमान बाकावल लगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया