कांग्रेसीले रुखमा बहायक अरुमा मतदान गर्न नसक्नेः कांग्रेस नेता रेग्मी

सुर्खेत नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापती कमलराज रेग्मीले रुखको छहारीमा बसेका कांग्रेसीले रुखमा बहायक अरुमा मतदान गर्न नसक्ने बताएकाछन् । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बाह्रौँ स्मृति दिवसमा बोल्दै रेग्मीले स्थानिय निर्वाचन नजिकिदै गर्दा यस्तो वताएका हुन् ।

रेग्मीले गिरिजाप्रसाद कोईरालाले स्थापना गरेको सहमति, सहकार्य र एकतालाई अनुसरणगर्दै अगाडि बढ्न सकेमात्र आगामी निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभयो। उहाँले गठबन्धनका नाममा सुर्खेत काँग्रेसका मतदाताले अन्य पाटिमा मत हाल्न नसक्ने भन्दै,पाटी भित्र एकतालाइ मजबुत बनाउन पाटी नेतृत्वलाइ आग्रह गर्नुभयो। काँग्रेसले अव ईतिहासलाई भजाएर मात्रै नहुने भन्दै उहाँले नयाँ तरिकाले पाटी चल्नुपर्नेमा आवश्यकता खट्किएको बताउनु भताउनुभयो।गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरुले कोइरालाको योगदानलाइ स्मरणगर्दै उहाँकै कारण नेपालीले शान्ति र संविधान दुबै पाएको बताएका छन। कार्यक्रममा प्रध्यापक हरिहर बस्नेतले स्वर्गीय काइरालाले नेपाली राजनितिमा पुर्याएको महत्वपुणर् योगदानको चर्चागर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले स्वगर्गीय कोइराला काँग्रेसको मात्र नभएर सिंगो नेपालीको नेता हुन सफल भएको भन्दै उहाँको बाटो कांग्रेसले अनुसरण गर्नु पर्ने बताउनुभयो।

कार्यक्रममा मप विश्वविधालयका पूर्वडिन पिताम्वर ढकालले राजनैतिक यात्राको दौरानमा नेपाली जनताले अहिले पाउदै आएको स्वतन्त्रतामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो। उहाँले काँग्रेसले राष्ट्रियतालाइ आफ्नो प्रमुख नीतिकोरुपमा समावेश गरेको भन्दै अहिले नेपालका सबै राजनीति दलहरु काँग्रेसले लिएको लोकतन्त्रको नीति भित्र समावेश भइसकेको बताउनु भयो। पूर्वडिन ढकालले पाटीभित्रका सबै नेताहरु एउटै विचार र भावनाका साथ अघि बढे कोइरालाको सपना पूरा हुने जिकिर गर्नुभयो।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस कणर्ाली प्रदेशका सदस्य शम्भु पन्तले गिरिजाप्रसाद कोइरालाको विचार लाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्र, लोकतन्त्र र समाजवाद देशको मेरुदण्ड भएको भन्दै यसलाइ सस्थागत गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो। यस्तै कार्यपत्रमाथी टिप्पणीगर्दै निवर्तमान क्षेत्रिय सभापति नारायणकुमार कोइरालाले गिरिजाप्रसाद कोइरालाको नेपालमा मात्र नभएर अन्तरास्ट्रियस्तरमा समेत चर्चाहुने भएकाले उहाँलाइ दक्षिण एसियाकै शिर्ष नेताका रुपमा हेरिने गरेको उल्लेख गर्नुभयो। उहाँले गिरीजाप्रसाद कोइरालाले टुटफुटको राजनीतिलाई अन्त्य गरि अगाडि बढ्नुपर्ने मान्यता राखेकै कारण देश अहिले यो अवस्था सम्ममा आइपुगेको जिकिर गर्नुभयो। कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाइ विजय गराउन सबै एकजुट हुनुपर्नेमा जोड समेत दिनुभयो।कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी अन्य राजनितिक दलहरु भन्दा नेपाली काँग्रेस भित्र सहमति सहर्काय र एकताको आवश्यकता रहेको उल्लेख गर्नुभयो। २०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूणर् रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूणर् कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूणर् छ। पाँच पटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो।
राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।
कार्यक्रम जीपी कोइराला फाउण्डेशन सुर्खेतका अध्यक्ष ललित भटराइको अध्यक्षतामा सम्पन्न भएको हो।


तपाईको प्रतिक्रिया