वीरेन्द्रनगरमा रूख काट्दै गर्दा हाँगा लागेर किशोरीको मृत्यु

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा किशोरीको मृत्यु भएको हो ।

 

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर नगपालिका–१ की ११ वर्षीय सुन्तली हाराकोटीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार रूख काट्दै गर्दा हाँगा खसेर उनको शरिरमा लागेर घाइते भएपछि उपचारको लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो ।उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाईको प्रतिक्रिया