
सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विभिन्न पाँच वटा विधेयकहरु प्रमाणीकरण गर्नु भएको छ । प्रदेश सभाबाट पारित भएका पाँच वटा विधेयकहरु प्रमाणाीकरण गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका अनुसार प्रदेश प्रमुख तिलक परियारले प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ , प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालका सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, कर्णाली प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नु भएको हो ।


दर्शन खबर । ६ चैत्र २०७८, आईतवार