
भेरीगंगा । टिप्परको ठक्करबाट मृत्यु भएकी लक्ष्मी पुलामीको दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा विद्यार्थीहरुले छिन्चु यातायात बन्द गराएका छन् । चैत्र ५ गते दिउसो वीरेन्द्रनगर नगरपालिका ११ धुलियाविट नजीक विरेन्द्रनगर बाट छिन्चु तर्फ जाँदै गरेको भे १ ख ३१०२ नम्बरको टिप्परले सोही दिशा तर्फ गईरहेको भे ७ प १७९९ नम्बरको मोटरसाईकल लाई पछाडि बाट ठक्कर दिदां मोटरसाईकलमा सवार ३ जना मध्ये लेकबेशी नपा ५ नेटा निवासी वर्ष १८ कि लक्ष्मी पुलामी मगरको उपचारका लागि कणर्ाली प्रदेश अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने टिप्पर र टिप्पर चालक बासंगढी नपा ५ बर्दिया घर भएका वर्ष ३१ का राजु थापा मगर तथा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन् । भने मोटर साईकल चालक लेकबेशी नपा ८ का वर्ष २० को मिलन विकलाई प्रहरीले पक्राउ गरि थप उपचारको लागि कणर्ाली प्रदेश अस्पताल लगीएको थियो ।


दर्शन खबर । ७ चैत्र २०७८, सोमबार