आगामी निर्वाचनमा एमाले पहिलो स्थानमा पुग्छ : पोखरेल


सुर्खेत ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो स्थानमा पुग्ने बताएका छन ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा कर्णाली लगायत अन्य स्थानमा नेकपा एमाले पहिलो हुने भन्दै एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको उल्लेख गरे ।
उनले भने, ‘एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन, आम जनताहरूको मन–मनमा, मस्तिष्कमा एमाले छ, अहिले हामी प्रतिपक्ष छौ, आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौ र सरकारमा हुनेछौं ।’


तपाईको प्रतिक्रिया