
सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित धेरै नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आइतबार वीरेन्द्रनगरमा गरिएको वृहत कार्यकर्ता भेलामा विष्ट सहित नेता–कार्यकर्तालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिका प्रमुख सचेतक विष्टले गत फागुन २७ गते पार्टीबाट राजीनामा दिएका थिए ।


दर्शन खबर । ६ चैत्र २०७८, आईतवार