टिप्परको ठक्करबाट एकको मृत्यु दुई घाइते


सुर्खेत ।
वीरेन्द्रनगरमा भे १ ख ३१०२ नम्बरको टिप्परले भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन ।
मृत्यु हुनेमा लेकवेशी नगरपालिका वडा नं.–५ घर भएकी १८ वर्षिय लक्ष्मी पुलामी रहेकी छन भने घाइते हुनेमा लेकवेशी नगरपालिका वडा नं.–५ कै १६ वर्षिय सन्दिपा पुलामी र लेकवशी नगरपालिका वडा नं.–८ घर भएका २२ वर्षिय मिलन वि.क. रहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जानकारी दिएको छ ।
टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिई घाईतेहरुलाई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ, सुर्खेतमा पठाइएको र घाइतेहरु खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया