तातोपानी गाउँपालिकाको एम्बुलेन्स सेवा


जुम्ला । तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका बासिन्दाले सेवा प्रयोग गरेबापत ८०० रुपैयाँ शुल्क लाग्ने प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए।

एम्बुलेन्स सेवा सञ्चालनपछि दुर्गमका नागरिकलाई राहत भएको उनको भनाइ छ। सेवा सञ्चालन भएको एक महिना दिन नबित्दै करिब २० जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले बताउँछन्।

सडक पहुँच पुगे पनि निजी गाडीले बिरामी बोक्दा महँगो खर्च तिर्न बाध्य थिए। कति पैसानै नपाएर उपचारबाट बञ्चित हुँदै आएका थिए। विपन्न, गर्भवती,अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई भने निःशुल्क सेवा दिने लक्ष्य रहे पनि कार्यविधि बाँकी छ।

तपाईको प्रतिक्रिया