रामघाट भेरी नदिमा तीन जना बालबालिका वेपत्ता

सुर्खेत ।
सुर्खेतकाे भेरिगंङ्गा नगरपालिका ११ रामघाटस्थित भेरी नदिमा पाैडी खेल्न गएका दुई किशाेरी र एक बालक वेपत्ता भएका छन् ।
रानीघाट बगरमा पाैडी खेल्नेक्रममा शनिबरिब साढे चार बजे उनीहरू वेपत्ता भएका हुन् । स्थानीय रमेश शर्माका अनुसार वेपत्ता हुनेमा भेरीगंङ्गा १३ की १२ बर्षिय गङगा खड्का र १२ बर्षकी कृष्णा सिजाली तथा लकवेशी नगरपालिका ५ खलटाकुराका ८ बर्षिय दिनेश बुढा रहेका छन् । प्रत्यक्षदर्शी भेरिगङगा १३ कि लक्ष्मी पचभइयाका अनुसार छ जना संगै पाेडीखेल्न गएकामा तीनजना वेपत्ता भएका हुन् । वेपत्ताहरूकाे खाेजीका लागि प्रहरीचाैकी रामघाट र इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया