संविधानमा संघीय शासन प्रणाली, व्यवहारमा केन्द्रीय शासन प्रणाली

काठमाडौं, संविधानमा संघीय शासन प्रणाली भनिए पनि व्यवहारमा केन्द्रीय शासन प्रणाली नै देखिएको प्रदेश सांसदहरुले गुनासो गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा प्रदेश मन्त्रीका तर्फबाट बोल्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले यस्तो गुनासो गरेका हुन्।

वर्तमान कार्यशैली हेर्दा केन्द्र नियन्त्रित संघीयता अपनाइएको देखिएको भन्दै उनले यसमै बहस गर्नुपर्ने अवस्था आएको औंल्याए। उनले भने, ुहामीले अधिकार माग्दै जाने, केन्द्रले यत्ति मात्रै पाउँछौ भनेर नियन्त्रण गर्दै जाने अवस्था देखिएको छ। यसले सही अर्थमा संघीयता कार्यान्वन भएको मान्न सकिँदैन।ु

उनले संविधानभन्दा तलमाथि कोही नहुने बताउँदै केन्द्र सरकार र संघीय संसदको ध्यानाकर्षण गराए।

स्थानीय तह र केन्द्र पहिल्यै अभ्यासमा रहेकाले खास समस्या नरहेको तर प्रदेशलाई समस्या रहेको उनले उल्लेख गरे।

उनको कुरामा समर्थन जनाउँदै ुव्यक्ति जहाँ, अधिकार त्यहाँु भन्ने नेताहरूको स्वभावले पनि यस्तो देखिएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए। उनले नियतभन्दा पनि मानवीय स्वभावका कारण यस्तो देखिएको बताए।

तहगत राज्य सञ्चालनका विकासमा समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार समन्वय समितिले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ।

तपाईको प्रतिक्रिया