शिक्षक माथि कुटपिट ।


जुम्ला ।  तिला गँउपालिका कुडारी ५ मा रहेको खोलि गाउँ स्थित श्री आधारभुत विद्यालय जुम्लाका शिक्षक हर्कबहादुर रावत माथी निर्धात कुटपिट भएको छ । शिक्षक दरबन्दि को बिषयलाई लिएर स्थानिय जनक रावत, प्रेम बहादुर रावत, बल बहादुर रावत, मान बहादुर रावत र भिम बहादुर रावतले कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने जनक रावत, प्रेम बहादुर रावत, बल बहादुर रावत, मान बहादुर रावत र भिम बहादुर रावत बिरूद्व ईलाका प्रहरी कार्यालय कुडारी मा जाहेरी दर्ता गरिएकाे छ ।

घटनाका प्रत्यक्षदर्शि श्री आधारभुत विद्यालय जुम्लाका  प्रध्यानाध्यापक लालबहादुर रावतले विद्यालयकाे शिक्षक दरबन्दि को बिषयलाई लिएर भएकाे विवाद पछि स्थानिय जनक रावत, प्रेम बहादुर रावत, बल बहादुर रावत, मान बहादुर रावत र भिम बहादुर रावतले कुटपिट गरेकाे जानकारी दिनुभयाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला मा उपचार भईरहेको घाईते शिक्षक रावतकाे अबस्था गम्विर रहेको  उनका आफन्तले बताएका छन् । आरोपित ५ जनालाई हाल प्रहरी ले नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालयको डि.एस.पी नरेन्द्र चन्द ले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया