
सुर्खेत । बाँकेस्थित नेपाल भारत सिमानाका जमुनाहबाट २ जना ब्राउन सुगरसहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षिय विष्णु रावत र सोही ठाउँको तातोपानी गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षिय भरत रावल रहेका छन ।
उनीहरुलाई इप्र्रका जमुनाहका प्रहरी नायव निरिक्षक मिन बहादुर विष्टको कमाण्डमा खटिएका प्रहरी टोली र लागु औषध व्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
बुधबार अपरान्ह २ः४५ बजे भारतबाट नेपाल आउने क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ जमुनाह चेक पोइन्ट स्थित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शंकाको आधारमा चेकजाँच गर्दा भरत रावलले मुख भित्र लुकाएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरेको हो ।


दर्शन खबर । २५ फाल्गुन २०७८, बुधबार