
सुर्खेत । नेपाली काँग्रेस सुर्खेतकाे वीरेन्द्रनगर ७ ईत्राममा टाेल ईकाई समिती गठन भएकाे छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ ईत्राम स्थित समाजसुधार टाेलमा नेपाली काँग्रेसकाे टाेल ईकाई समिती गठन गरिएकाे हाे ।
वीरेन्द्रनगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् नेपाली काँग्रेस वडा सभापती समेत रहेका धुर्व चपाईकाे अध्यक्षतामा बसेकाे बैठकले टाेल ईकाई समिती गठन गरेकाे हाे ।
नव गठित टाेल ईकाई समितिकाे सभापतिमा बासुदेब सुवेदी, उप सभापतिमा नन्दा थापा, सचिबमा प्रेम प्रकाश ढकाल,काेषाध्यक्ष मा ईन्दिरा धर्ति, सदस्यहरूमा भत्तिराम प्याकुरेल, कल्पना रामजालि, देविसरा दर्लामि, पुर्ण बहादुर रामजालि, कर्ण बहादुर बुढा, बालाराम भुषाल र प्रेम बहादुर ठाडा चयन भएका छन् ।
टाेल ईकाई समिती गठन कार्यक्रममा वडा नं. ७ का समाजसुधार टाेलका विभिन्न पार्टि परित्याग गरि ११ परिवार नेपाली काँग्रेस पार्टि प्रबेश गरेका छन् ।



दर्शन खबर । १८ फाल्गुन २०७८, बुधबार