एमसीसी रोड म्याप, नयाँ युक्रेन तर्फ रुपान्तरण हुदैँ


सुर्खेत । एमसीसीको बिषयमा देश, जनता र स्वाभीमानलाई धोती लगाएर कथित ब्याख्यात्मक टिप्पणीको नाममा सदनवाट पास गर्न न्वारनदेखीको बल लगाएर सरकार मा रहनु नैं यो दुनियाको अंतीम सत्य हो भनेर कुर्लीरहेका शक्तिहरुलाई जनताको तर्फ वाट प्रश्न छ ।
दुइ पक्ष बिच कागज गर्दा आफुले हात काटेर कुनै तमसुकमा सही छाप गरी सकेपछी घर गएर एक्लै मेरो ब्याख्या फलानो ढिस्कानोमा छ, तमसुकमा भएको कुरा मलाई चित्त बुझेन, मेरोत अर्के ब्याख्यात्मक टिप्पणी छ भनेर भन्छ, भने अर्को पक्षले त्यस्तो कुरालाई मान्ने कुराको कल्पना गर्न पनि सकिदैन । जबकी अमेरीका र एमसीसीले यो शंशोधन हुनै सक्दैन भनेर पटक पटकका दस्ताबेज र भनाइहरुवाट प्रमाणीत गरी सकेका छन यस्तो कुरा घाम जस्तै छर्लङ्ग हुंदा हुदै पनी यदि कसैले उही कुरा बर्बराइ रहन्छ भने यात उसले पुरै संतुलन गुमाएको छ यात अनैतिक चरीत्रको खाडलमा फसीसकेको छ ।
समयक्रम संगै यसको पक्षमा उभिने नेपालका पार्टीहरुत इतिहांसको डाइनासोर त हुने नैं छन साथ साथै अब नेपाल नयां युक्रेन बन्ने कुराको सहजै आंकलन गर्न पनी गाह्रो भएन । तर यहां स्मरणयोग्य कुरा के छ भने आम जनता यसको बिपक्षमा र सत्तावादी पार्टीहरु एमसीसीको पक्षमा हुने कुरा रोक्ने अब एउटै मात्र बिकल्प देखीदैछ केवल जनताको आन्दोलन र संघर्ष, साथै यसो भनीरहदा स्मरण योग्य कुरा के छ भने अबको जनतको लडाइ भनेको नेपालका सरकारी पार्टीहरुसंग मात्र हुने छैन यसको पक्षधर राष्ट अमेरीका र उसको फौंजी शक्ति नाटो शक्ति संग समेत लड्ने तयारीका साथ नया कोरीया बनेर साम्राज्यवादलाई परास्त गर्ने, यथास्थितीमा आत्मसमर्पण गर्ने वा सत्य र न्यायको लागी आफ्नो ज्यान बलीदान गर्ने बाहेक अरु सबै बिकल्पका ढोकाहरु बन्द भैसकेका छन ।
लेखक ः नेकपा (माओबादी केन्द्र )कर्णाली प्रदेस संसदीय दलका प्रमुख सचेतक हुन ।


तपाईको प्रतिक्रिया