
सुर्खेत । अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतले १७ औँ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सुसासनका औजारहरुलाई प्रयोग गरी संस्थागत सुसाशनलाई पार्दशी बनाउनका लागी सामाजी परिक्षण कार्यक्रमको आयोजना गरीएको संस्थाका कार्यकारी निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।
सामाजीक परिक्षण कार्यक्रममा आगामी वर्षका लागी ८ बुदेँ प्रतिबद्धता समेत तयार गरिएको छ । जस अन्र्तगत स्थानिय तहले निर्माण गर्ने समावेशी बनाउनका लागी संस्थाले पहल गर्ने । अपाङ्गता भएका व्यक्तीहरुलाई वितरण गरीने सहायता सामाग्रीहरुको उपलब्धतालाई सहज बनाउन सहजीकरण गर्ने, अपाङ्गगता भएका व्यक्तीहरुले पाउने परिचयपत्र वितरणमा पालिकाहरु संग समन्वय गरी सहज वातावरण सृजना गर्ने, यस संस्था र पालिकाहरुमा पनी अपाङ्गता भएकाहरुका लागी रोजगारी सृजना गर्न योजना निर्माण गर्ने र पालिकाहरुलाई पनी सुझाव दिने , मनोसामाजीक तथा बौद्धीक अपाङ्गता भएका बालबालिकाहरुका लागी छुट्टै विद्यालय स्थापना गर्न सम्वन्धीत पालिकाहरु संग समन्वय तथा छलफललाई अगाडी बढाउने, आपाङ्गता भएकाहरुलाई आयआर्जन तथा रोजगारी सृजना गरी हाल संचालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिन पहल गर्ने, हाल संचालनमा रहेका कार्यक्रमहरुलाइृ प्रभावकारी रुपमा अगाडी बढाउन सरोकारवाला तथा पालिका प्रतिनिधीहरु संग छलफल तथा अन्तरक्रीया गर्ने र आगामी वर्ष पनी संस्थाको सामाजीक परिक्षण कार्यक्रमलाई निरन्तरता दिने तगाएतका प्रतिबद्धताहरु गरिएको छ ।
हाल संस्थाले सबैका लागी पढाई परियोजना,अपाङ्गता भएका व्यक्तीहरुका लागी भौतीक पुनैस्थापना सेवा, सहायक समामाग्रीहरुको व्यवस्थापन, अपाङ्गता समावेशी बिकास सरल परियोजना, सशक्तीकरण र न्युनीकरणका लागी साथी कार्यक्रम लगाएतका कार्यक्रमहरु संचालन गरीरहेको छ ।
अपाङ्गगा भएका व्यक्तीहरुका लागी शिक्षा स्वास्थ्य रोजगार, सबै प्रकारका मानव अधिकारमा समान पहुँच जिवन आत्म निर्भर भन्ने परिकल्पना संस्थाले गरेको छ ।
संस्थाको १७ औँ साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रमको प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देबकुमार शुवेदी, विषेश अतीथी सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसि, लेकवेशी नगरपालिकाका नगर प्रमुख गगन सिं सुनार लगाएत विभिन्न सेवाग्राही, सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रको अध्यक्ष्यता संस्थाका अध्यक्ष विष्णु प्रशाद भट्टराईले गर्नु भएको थियो ।


दर्शन खबर । १५ फाल्गुन २०७८, आईतवार