कर्मचारीमाथी दुर्व्यवहार भएको भन्दै कारवाहीको माग (विज्ञप्ती सहीत)

लेकवेशी । लेकवेशी नगरपालिकाका कर्मचारीहरुले नगरपाकिाकमा कार्यरत कर्मचारीमाथी दुर्व्यवहार भएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
नगरपालिकाका कर्मचारीहरुको संयुक्त हस्ताक्षर सहित सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन । सोमवार विहान ११ बजे नगरपालिकामा कार्यरत योजना अधिकृत डिलाराम चपाँलाई नेकपा एकीकृत समाजवादी लेकवेशीका अध्यक्ष गोविन्द बहादुर शाही लगाएतको समुहले कार्यकक्षमै पुगी दुर्व्यवहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । घटनाको विरोध गर्दै सथानिय प्रशाशनको गम्भीर ध्यानाकर्ण भएको जनाईएको छ । कार्यरत कर्मचारीको कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी गर्न सम्वन्धीत निकायमा माग गरिएको र यस्ता क्रीयाकलाप पुनः दोहोरीएमा कर्मचारीहरुले सेवा प्रवाह बन्द बन्द गर्न सक्ने र कानुनी उपचारका लागी सम्वन्धीत निकायमा जाने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा एकीकृत समाजवादी लेकवेशीका अध्यक्ष गोविन्द बहादुर शाहीले भने आफुहरुले कुनै दुर्व्यवहार नगरेको दाबी गरे । “प्रदेश सरकार बाट आएको योजना मिलडाँडा देखी रातेखोलाको ढिक हुदैँ मदन भण्डारी राजमार्ग जोड्ने योजनाको विषयमा विवाद भएको शाहीले भने,” । “उपभोक्ता समितीको विषयमा नियम विपरित योजना सम्झौता हुँदा यस्तो भएको हो,” शाहीले भने, ।
यता योजना अधिकृत डिलाराम चपाँईले आफुलाई मानहामी हुने तथा भौतीक आक्रमण समेत गर्ने गरी गरी भएको दुर्व्यवहार अन्य कर्मचारीहरुलाई पनी सुरक्षा चुनौती भएको बताए । नगरपालिकाले नियमपुर्वक वडा कार्यालयले लेखेको सिफारिस अनुसार योजना सम्झौता भएको र कार्यान्वयन प्रक्रीया अगाडी बढीसकेको चपाँईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया