डाडाँ स्कुलमा अध्यनरत ३२ जना विद्यार्थीलाई स्काउट पोसाक वितरण


वीरेन्द्रनगर । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाडाँ स्कुलमा अध्यनरत कक्षा १ देखी १२ सम्मका ३२ जना छात्र छात्रालाई स्काउट पोसाक वितरण गरिएको छ ।
सोमबार नेपाल स्काउट कर्णाली प्रदेशको कार्यलयले विरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ मा रहेको विद्यालयमै पुगी स्काउट पोषाक वितरण गरिएको कर्णाली प्रदेश स्काउट कार्यलयका अधिकृत नरेन्द्र बोहराले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री एवम् कर्णाली प्रदेश सभाका सदस्य माननीय यमलाल कडेलले २१औ शताब्दीमा प्रविधि सँगैको शिक्षाले कतिपय प्रदुषित शिक्षा उत्पन्न भएकाले यसको नियन्त्रण गर्नाकालागि पनि स्काउट शिक्षाको आवश्यकता रहेको भन्दै स्काउट पोसाक पाएका विद्यार्थीहरुलाई धन्यवाद दिदै आजै बाट स्काउटका गतिविधिहरुलाई आफुले मात्र नभई अरु सम्पुर्ण साथिहरुलाई पनि साथमा लिएर अगाडि बढाउन अनुरोध गर्नु भएको छ ।
कर्णालीका यस्तै सामुदायिक विधालयबाट सच्चा स्काउटर उत्पादन गर्ने र यिनै बिधार्थिले केही गरेको देख्ने र सुन्ने उदेश्य रहेकोले सोही अनुसार आफू र स्काउट प्रदेश कार्यलय लागि परेको स्काउट कर्णाली प्रदेशका अधिकृत नरेन्द्र बोहराले बताउनुभएको छ । साथै कोभिड१९ लाई मध्यनजर गर्दैअबको आउने कार्यक्रममा यसै विधालयबाट माक्स बैङ्किङ्गको कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
स्काउट नगर कमिटीका संयोजक निलकण्ठ गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य माननीय यमलाल कडेल, बिशेष अतिथि वडा नम्वर ६ का वडा अध्यक्ष मोतिप्रसाद कडेल , नेपाल राष्ट्रिय मावीका प्रअ गणेश प्रसाद न्यौपाने र विधालय व्यवस्थापन समितिका अध्यक्ष राधिका थापाको रहेको थियो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद न्यौपानेले विरेन्द्रनगर नगरपालिका भित्रकै पहिलो स्काउट पोसाक पाउने विद्यालयमा पर्न सफल भएकोमा खुसि व्यक्त गर्दै स्काउट कर्णाली प्रदेश कार्यालयलाई धन्यवाद दिदैँ,अबका दिनमा स्काउटका कामलाई अघि बढाउने समेत प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

 


तपाईको प्रतिक्रिया