जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

बर्दिया । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा, बारबर्दिया नगरपालिका–१ जमुनिया बर्दियाका ४० वर्षीय रामदिन थारुलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, उनले ३१ वर्षीया महिलालाइ उनकै घरकोठामा जबरजस्ती करणी गरेका हुन ।

थारुलाई ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया