
सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर ७ मा १ महिने एड्भान्से होजीयारी तथा सिलाईकटाई तालिमको समापन गरिएको छ ।
माघ ६ गते देखी वडा नम्वर ७ को काठेघारीमा सुरु भएको तालिमको आज शुक्रबार समापन गरिएको हो ।
तालिमको समापन पश्चात सहभागिहरुले आफुले सिकेको सिपलाई व्यवहारमा लागु गर्ने बताएका छन् । लघु उद्यम विकास कार्यक्रम अन्र्तगत उद्योग विकास शाखा भेरीगंगाको आयोजनामा भएको तालिममा ५ जनाले होजियारी र १२ जनाले सिलाई कटाई सम्वन्धी १ महिने तालिम लिएका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै वडा नम्वर ७ का वडा अध्यक्ष कर्ण बहादुर मिजारले आफुले सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै वडाको तर्फबाट गर्नु पर्ने सहयोगका लागी वडा सरकार सधैँ तयार रहेको बताउनुभयो ।
निमराज कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग विकास शाखाका लाल बहादुर कार्की, प्रशिक्षकहरु महेश्वरी शाही, केशब दमाई लगाएतको उपस्थीती रहेको थियो ।


दर्शन खबर । ७ फाल्गुन २०७८, शनिबार