भैंसी फर्मबाट चम्कीएका देवकोटा, मासिक ९ लाख आम्दानी

विनाेद घिमिरे ।
सुर्खेत । गरे के हुन्न स्थानिय स्तरमै पनी कृषी पेशा गरी मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उधाहरण बनेका छन्, चुडामणी देवकोटा ।
भेरीगंगा नगरपालिका वडा नम्वर ५ तोली खोलामा राप्ती मुनाल बहुउद्देशीय कृषि फर्म संचालनमा ल्याएका देवकोटा सबैको प्रेरणको स्रोत बन्दै गएका छन् ।
कृषी पेषाबाट टाढा हुँदै गएका युवाहरुलाई स्थानिय स्तरमै रोजगारी सृजना गरी कृषी पेशालाई आधुनिक तरिकाबाट अगाडी बढाउने लक्ष्यका साथ फर्म संचालनमा ल्याएको फर्मका संचालक चुडामणी देवकोटा बताउँछन् ।
करिव ३ करोड लगानी गरी भैसि पालन सुरु गरेका देवकोटाले हाल मुर्रा, गुज्जर र लोक्कल जातका गरी साना ठुला १ सय ५० वटा भैसी र २६ वटा गाई पालन गर्दै आएका छन् । दवकोटाको फर्मबाट दैनीक जसो ५ सय लिटर दुध उत्पादन गर्नेे र स्थानिय छिन्चु बजार र वीरेन्द्रनगर बजार सम्म शुद्ध दुध निर्यात गर्दै आएका छन् ।
२०७८ साल श्रावणको महिना देखी संचालनमा आएको फर्मलाई भैसि श्रोत केन्द्रको रपमा अगाडी बढाउने योजना रहेको फर्मका संचालन देवकोटाले बताउनुभयो । करिव ३ करोड लगानीमा सुरु गरिएको फर्ममा प्रत्यक्ष रुपमा १७ जनालाई रोगारी प्रदान गरिएको र मासिक ९ लाख सम्म आम्दानी भईरहेको संचालक देवकोटा बताउँछन् ।
आगामी ५ वर्षमा २८ करोड रुपैया लगानी गर्ने १ हजार भैसि पाल्ने लक्ष्य रहेको उहाँको भनाई रहेको छ । भैसिको थुनबाट मुखमा नारा अवलम्वन गरेका देवकोटाले राज्यले दिने सौहुलियत प्रभावकारी नभएको भन्दै अनुदानका लागी व्यावसाय संचालन गर्नु भन्दा आफ्नो चाहाना ईच्छा र मेहतनले व्यावसाय संचालन गर्नु पर्नेमा जोड दिए ।


तपाईको प्रतिक्रिया