कर्णाली प्रदेश सरकारको प्रवक्तामा अर्थ मन्त्री विष्ट


सुर्खेत । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विष्ट प्रदेश सरकारको प्रवक्ता नियुक्त भएका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागु हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।
विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन् । कर्णाली प्रदेश सरकारको पहिलो प्रवक्ता विमला केसी थिइन् ।
सुरूको मन्त्रिपरिषद् गठन गर्दा माओवादी केन्द्रबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी केसीलाई प्रवक्ता बनाइएको थियो । त्यसपछि फेरि पुनःगठन गरिएको मन्त्रिपरिषदमा सीता नेपाली प्रदेश सरकारको प्रवक्ता थिइन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिइन् ।


तपाईको प्रतिक्रिया