
डोटी । प्रदेश र स्थानीय तहहरूले कर्मचारी माग नगरेकाले कर्मचारी छनौट प्रक्रिया सुरु गर्न ढिलाइ भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशसभाले २०७६ साल साउन १५ गते प्रदेश लोकसेवा आयोग ऐन पारित गरेको थियो । उक्त ऐन बनेको एक वर्ष आठ महिनापछि प्रदेश सरकारले यज्ञराज बोहराको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले २०७८ साउनमै कर्मचारी छनोटको प्रतिस्पर्धा सुरु गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म पनि छनोट प्रक्रिया सुरु भएको छैन ।
किन ढिलो भयो त कर्मचारी छनौटको प्रक्रिया ?
प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त विष्ट भन्छन् ‘प्रदेश मन्त्रालय र स्थानीय तहहरूले विवरण नै पठाएका छैनन् ।’ उनले परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको बताए । ‘आयोगलाई चाहिने सबै कानूनहरू तयार भइसकेका छन्’ विष्टले भने ‘हामीले पाँचौं तहको लागि पाठ्यक्रमसमेत तयार गरिसकेका छौं, अनलाइनबाट आवेदन लिने संयन्त्र पनि तयार भइसकेको छ ।’ अनलाइन खबर


दर्शन खबर । २८ माघ २०७८, शुक्रबार