
विनाेद घिमिरे । सुर्खेत । लेकवेशी नगरपालिकाका केही कर्मचारीले सरकारी मोटरसाईकल व्यक्तीगत रुपमा प्रयोग गर्दै आएको पाईएको छ ।
गएको श्रावण महिनामा नगरपालिकाले खरीद गरेको हिरो कम्पनीको करिव ४ लाख पर्ने एक्स पल्स मेटर साईकल खरिद गरको ७ महिना पुग्दा सम्म पनी सेतो नम्वर प्लेट राखीएको छैन । यसरी निजी नम्वर प्लेटमा सरकारी मोटरसाईकल प्रयोग भईरहको भन्दै नगरपालिका प्रती स्थानियले चासो व्यक्त गरेका छन् ।
सरकारी मोटर साईकल लिएर विदाको दिनमा मनपरी रुपमा परिवारलाई घुमाउदै हिडेको पाईएपछी स्थानियले चासो व्यक्त गरेका हुन ।
नगरपालिकका ईन्जीनियर खेमराज पोख्रेलले प्रयोग गर्ने प्रदेश २ ०३ ०१४ प ४३९१ नम्वरको मोटरसाईकल र लेखापाल हरी न्यौपानेले प्रयोग गर्ने प्रदेश २ ०३ ०१४ प ८३१३ नम्वरको उक्त हेरो कम्पनीको एक्सपल्स मोटरसाईकल नीजी रुपमा प्रयाग गर्दै आईरहेका हुन ।
सरकारी मोटरसाईकल खरीद पश्चात सरकारी नम्वर प्लेट बनाउनु पर्नेमा निजी नम्वर प्लेट प्रयोग गरीएको छ ।
नगरपालिकाका सुचना अधिकारी केशर बहादुर डाङ्गीले मोटरसाईकलकमा सरकारी नम्वर प्लेट नराखेको स्वीकार गर्दै तत्काकलै नम्वर प्लेट राखीने बताउनुभयो । कार्यालयको व्यस्तताका कारण यातायातमा गई सरकारी नम्वर प्लेट राख्न नपाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो हामी कार्यालयको काममै व्यस्त छौँ, कार्यव्यस्ताताका कारण ढिलो भएको हो । श्रावण महिनामा कोटेशनका आधारमा मोटर साईकल खरिद गरिएको उहाँको भनाई रहेको छ ।
नगरपालिकाले यसरी सरकारी रकम र सरकारी सवारी दुरुपयोग गरेको विषय नौलो भने होईन । यस भन्दा पहिला वडा नम्वर ६ का वडा अध्यक्ष भिमसेन पुनले पनी वडा अध्यक्ष भएको २ वर्ष सम्म सरकारी मोटरसाईकलमा निजी नम्वर प्लेट राखी प्रयोग गर्दै आएका थिए ।


दर्शन खबर । १४ माघ २०७८, शुक्रबार