
सुर्खेत । भेरीगंगा नगरपालिकामा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । नगरपालिकाका केही कर्मचारीहरुलाई कोरोना देखीएपछी सुरक्षीत रहनका लागी पालिका कार्यालय प्रवेश गर्दा अनीवार्य रुपमा खोपकार्डको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्देशन अनुसार पालिका प्रवेशमा अनिवार्य खोपकार्डको व्यववस्था गरिएको उहाँले जानकारी दिनुभयो । पालिका कार्यालय प्रवेश गर्दा गेटमा खोप कार्ड चेकजाँच र ज्वरो चेक गर्ने व्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
यसैविच भेरिगंगा नगरपालिकाबाट संचालित सबै योजनाहरुको भुक्तानीका लागी नगरपालिकामा आउने सेवाग्राहीको भिडभाड बढ्न थालेपछी बार अनुसार योजना सम्झौता तथा भुक्तानीको व्यवस्था मिलाईएको छ । दिनानुदिन कोभिड १९ को संक्रमण बढ्दै गएपछी बार प्रणाली लागु गरिएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिनुभयो । जस अन्तरगत वडा नम्वर १,२ र ३ को आईतवार र सोमबार, वडा नम्वर ४,५ १० रु १२ को मंगलबार, वडा नम्वर ११ र १३ को बुधवार र वडा नम्वर ६,७,८ र ९ को बिहिवार र शुक्रबार योजना सम्झौता तथा भुक्तानीको काम गरिने प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।



दर्शन खबर । १३ माघ २०७८, बिहीबार