सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।
हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ ।

 

हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।


तपाईको प्रतिक्रिया