‘बिचौलियालाई यातायात कार्यालय भित्र पस्न नदीन, यातायात मन्त्रीको निर्देशन

 

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।
बिहीबार बिहान अनुगमनको क्रममा बिचौलियाको प्रवेश रोक्न उनले निर्देशन दिए । उनले भने, ‘कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं । छोड्दैनौं कसैलाई पनि ।

 

आज कार्यालयहरुलाई भन्छौं– बिचौलियालाई भित्र पस्न नदिनुस् ।’
कानूनी कारबाहीमा ल्याएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारीहरु पनि हच्किएर सही बाटोमा आउने बताउँदै उनले भने, ‘पैसा ठूलो कुरा होइन रहेछ, इज्जत ठूलो कुरा हो । राम्रोसँग काम गर्यौं भने देशैभरी हामी हाईहाई हुन्छौं ।’


तपाईको प्रतिक्रिया