
दाङ । दाङमा ट्रक र स्कारपियो एक अपासमा ठोक्किदा ३ जना घाइते भएका छन।
दाङ गढवा गाउँपालिका वडा नं. १ जुरौनी स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सु.प.प्र. ०१–००–१६ २५९४ नम्बरको ट्रक र पुर्वबाट दाङ तर्फ आउदै गरेको बा २ झ ३४४४ नम्बरको स्कारपियो बुधबार बिहान ठोक्किएको छ ।
स्कारपियोमा सवार ५ जना मध्य घोराही दाङमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागि हुन जाँदै गरेका जिल्ला रुपन्देही सुद्दोधन गाउँपालिका वडा नं.७ का ५८ वर्षिय लुम्बिनि प्रदेश सभा सदस्य तुल्सि चौधरी, सोही ठाउँको वडा नं. २ का उपाध्यक्ष शान्ता ज्ञवाली र सुनिता थनेत घाइते भएका छन ।
घाइतेहरुको राप्ति पोलि क्लिनिक भालुवाङ्गमा सामान्य उपचार पश्चात अर्को कारमा घोराही तर्फ प्रस्थान गरिएको प्रहरीले जानकारी दिएको छ ।
ठोक्किएका स्कार्पियो र ट्रक अस्थायी प्रहरी चौकी कालाकाटेको नियन्त्रणमा रहेको जनाइएको छ ।


दर्शन खबर । १२ माघ २०७८, बुधबार