भेरी अस्पतालमा कोरोना संक्रमित १६ वर्षिय बालकको मृत्यु

बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बालकको मृत्यु भएको छ ।

शुभकालिका–५ कालिकोटका १६ वर्षीय बालकको उपचारका क्रममा विहान सवा ११ बजेतिर मृत्यु भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बाख्रा चराउन गएको बेला ती बालक लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । उपचारका क्रममा उनलाई माघ ४ गते कोरोना पुष्टि भएको थियो ।

उनले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएको कोभिड फोकल पर्सन वलीले बताए ।

योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका चार सय ३९ पुगेको छ ।


तपाईको प्रतिक्रिया