६५ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि

काठमान्डाै । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया