सुर्खेतमा सरकारी सवारीको दुरुपयोग बढ्दै

सिता आचार्य । सुर्खेत । सार्वजनिक विदाको दिन सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले शनिवार विदाको दिन वीरेन्द्रनगर बजार क्षेत्रमा गरेको चेकजाँचको क्रममा यस्तो पाईएको हो ।
सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गरेको घटना नौलो होइन । अझ विदाको दिनसमेत सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरुपयोग गर्ने गरेको पाइएको हो ।
शनिवार मात्र एकैदिन दर्जनौ सरकारी गाडी घरायसी तथा ब्यक्तिगत प्रयोजनकोलागी प्रयोग भईरहेको पाईएको हो । बिशेषगरी स्थानीय तह, तथा मन्त्रालयका गाडिहरु बढि सञ्चालन गरेको पाईएको हो ।
सार्वजनिक विदाको दिनमा सरकारी सवारीसाधन दुरुपयोग हुने गरेको जनगुनासो आएसँगै वीरेन्द्रनगर बजार क्षेत्रमा चेकजाँचलाई कडाई गरीएको सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।
विदाका दिन सरकारी नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला प्रशासनको अनुमति बिना चलाएकोले नियन्त्रणमा लिएको र पहिलो पटक लाई सम्झाई बुझाई छोडिदिएका उहाँले बताउनुभयो ।

‘शनिबार र सार्वजनिक बिदाका दिन जिल्लाभित्रै सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने नियम छ’ उहाँले भन्नुभयाे, ‘प्रशासनको अनुमति बिना चलाइएका सवारी कारबाहीमा पर्छन् ।’
विदाको दिन सरकारी सवारीसाधन चलाउन नपाइने नियम भएको बताउँदै नियमको पालना नगर्नेलाई आगामी दिनबाटकारबाहि गरीने उहाँले जानकारी दिनुभयो । आउँदा दिनमा पनि चेकजाँचमा कडाइ गरिने उहाँले बताउनुभयो ।
‘कार्यालयको प्रयोजनका लागि दिइएको सवारीसाधन बिदाका दिन किन चलाउने ? बिदाका दिन चलाउने हो भने सम्बन्धित निकायबाट पास बनाएर चलाउनु प¥यो, पहिलोपटक भएर सम्झाईबुझाई छाडेका छौ, अर्कोपटक बाट हामी कारबाहि गछौ’ उहाँले भन्नुभयो । यसअघि सरकारी सवारी बिदाका दिन चलाउनेदेखि पारिवारिक कामका लागि समेत प्रयोग भएकोले आउँदा दिनमा सरकारी गाडीको दुरुपयोग रोक्ने ट्राफिक प्रहरीको भनाइ छ । सरकारी निकायले सवारीसाधन आफूखुशी ब्यक्तगत प्रयोजनका लागीसञ्चालन गर्न थालेपछि कडाइ गरीएको हो ।
शनिबार विरेन्द्रनगरको मंगलगढिचोक, एरीचोक, घण्टाघरचोक लगायतका चोकहरुमा सवारी चेकजाँच गरिएको थियो ।
 


तपाईको प्रतिक्रिया